दफा ४२
विश्वविद्यालय विघटन सम्बन्धी व्यवस्था
(१) कुनै कारणले विश्वविद्यालय सञ्चालन हुन नसक्ने भएमा नेपाल सरकारले सभाको सिफारिसमा विश्वविद्यालय विघटन गर्न सक्नेछ ।(२) उपदफा (१) बमोजिम विश्वविद्यालय विघटन भएमा विश्वविद्यालयको चल, अचल सम्पूर्ण सम्पत्ति नेपाल सरकारको हुनेछ ।